पोखरामा आगोले जलेर वृद्धाको मृत्यु, लुम्लेमा कंकाल फेला

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर /पोखरा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । पोखरा १२ माटेपानी बस्ने वर्ष ८७ की लिला भण्डारी आगोले जलेर मृत्यु भएको हो ।

आफैले खाएको चुरोट लगाएको कपडामा सल्कीए पछि आगोले जलेको प्रहरीले जानकारी दिएको छ । आगोले जलेर घाइते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रमा मृत्यु भएको प्रहरीको भनाई छ ।

कास्कीको लुम्ले गाविस ३ तान्चोकमा कंकाल भेटिएको छ । कंकालमा एउटा टिर्सट र कालो पाइन्ट भेटिएको प्रहरीको भनाई छ । पुरुषको कंकाल भएको पुस्टि भएको र अन्य केहि पत्ता नलागेको प्रहरीको भनाई छ । तान्चोकको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...