उधौली पर्व २०७३ का अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलको शुभकामना

पोखरा, २७ मंसिर /नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किरात जातिहरुको महान पर्व उधौली पर्व २०७३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सबै किराँत नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

बहुभाषा, बहुजाति, बहुसंस्कृति र परम्परा रहेको नेपालमा यसप्रकारका चाडपर्वले आपसमा प्रेम, सदभाव, सामाजिक एकता र भाईचारा अभिवृद्धि गरी समाज र राष्ट्रसामु आईपरेका समस्या समाधान गर्न प्रेरणा समेत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबाट प्राप्त उपलब्धिहरुको रक्षा गरी सबैको सहयोगमा संविधान कार्यान्वन गरी आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणमा समेत सबैको योगदान पुग्ने वरिष्ठ नेता पौडेलले आफ्नो शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

कमेन्टहरु
Loading...