पोखरा, ५ मंसिर ।परोपकार सहकारी संस्था लि.को पन्ध्रौं वार्षिक साधारणसभा एवं छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु प्रसाद बरालको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मतले गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु प्रसाद भण्डारी, सचिवमा मीन प्रसाद भट्टराई, कोषाध्यक्षमा शान्ति शर्मा र सदस्यहरुमा कृष्ण प्रसाद बराल, देवका पौडेल, गंगाराम पौडेल, सीता भट्टराई, तुलसी प्रसाद बराल निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा डा.शालिग्राम सुवेदी र सदस्यहरुमा पूर्णकला गिरी र लक्ष्मीराज पौडेल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ का सभासद् एवं संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले सहकारीले सबैको भावनालाई समेटेर लोकतान्त्रिक पद्धति अनुसार अघि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए ।त्यसैगरी मानवअधिकारवादी टेकनाथ बराल, कास्की बचत संघका अध्यक्ष भीम गुरुङ्ग, राष्ट्रिय सहकारी बैंकका व्यवस्थापक केदारनाथ लुईटेल, सृजना महिला सहकारीका अध्यक्ष कमला गिरी, सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापा, परशुराम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका सचिव गिरीराज चालिसे, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, लेखा समिति संयोजक सोमनाथ बराल, सहकारी पसलका संयोजक श्रीराम बरालले पेश गर्नुभएका आ.व.२०७२।०७३ को प्रगति प्रतिवेदन तथा लेखा समितिका प्रतिवेदन र आ.व.२०७३।०७४ को प्रस्तावित कार्यक्रम सर्वसम्मतिले पारित भएको थियो ।निर्वाचन कार्यक्रम निर्वाचन समितिका संयोजक श्रीकान्त खतिवडा, सदस्यहरु रुद्रनाथ बराल, एकनारायण अर्यालले सम्पन्न गरेका थिए ।