चलचित्र पत्रकारिता कार्यशाला हुँदै

पोखरा, २ मंसिर/चलचित्र पत्रकार संघ, कास्कीले ३ दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ गर्ने भएको छ । संघले मंसिर ३, ४ र ५ गतेका दिन पोखरा टे«ड मलको रोयल पोखरा रेष्ट्रोमा गर्दैछ । पोखराका विभिन्न सञ्चारमाध्यममा रहेका चलचित्र सम्बन्धि इच्छुक पत्रकारलाई लक्षित गरी कार्यशाला आयोजना गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले जानकारी दिए ।

पोखरामा बिट पत्रकारिताको अभावसँगै चलचित्र पत्रकारिता पनि आझेलमा पर्न जाँदा लेखन सम्बन्धि जानकारी दिन कार्यशाला आयोजना गरिएको उनले बताए । ‘नयाँ स्किलफुल जनशक्ति चलचित्र पत्रकारितामा आओस भन्ने चाहाना हो,’ उनले भने, ‘चलचित्र सम्बन्धि नीति, इतिहास के कस्तो छ भन्ने जानकारी कार्यशालामा दिइनेछ ।’

पोखरामा चलचित्र पत्रकार संघको नयाँकार्यसमिति चयन भएसँगै पोखरामा फिल्म सम्बन्धि गतिविधि भइरहने उनले बताए । यस्तो कार्यशाला पोखरामा पहिलो पटक हुँदैछ । निशुल्क सहभागि रहेको कार्यशालामा झन्डै ४५ पत्रकारको सहभागिता रहने अपेक्षा संघले गरेको छ । चलचित्र क्षेत्रका विज्ञ प्रकाश सायमी, डब्बु क्षेत्री र कृष्ण भट्टराईले प्रशिक्षण दिनेछन् । कार्यशाला मध्यान्न १२ बजे देखि साँझ ५ बजेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...