चौथो नदीपुर कपको उपाधी कस्केरी एफ सीलाई

पोखरा, २३ असोज /चौथो नदीपुर कप सेभेन ए साइड फुटवलको उपाधी नेपाल क्रिश्चियन फुटवल क्लव कस्केरी एफ सीले चुम्न सफल भएको छ । उपबिजेता नदीपुर एफ सीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कस्केरी एफसीले उपाधी संगै नगद ५० हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

नदीपुर क्लवको आयोजना, नदीपुर युथको मुख्य प्रायोजन र नदीपुर साउदी अरवको उप प्रायोजनमा सम्पन्न प्रतियोगिताको उप बिजेता नदीपुर एफसीले नगद २५ हजार ५ सय ५५, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको उपाधी चुम्न सफल कस्केरी फुटवल क्लवका योना तामाङले बेस्ट डिफेन्सको उपाधी चुम्न सफल भएभने कस्केरीकै राज तामाङले प्रतियोगिताकै बेष्ट प्लेयरको उपाधी पाए । त्यस्तै बेष्ट गोल किपरको उपाधी अर्चलबोट युथ क्लवका उज्जवल श्रेष्ठले हात पारे भने बेस्ट स्कोरर पनि अर्चलबोट युथ क्लवका बिरेन गुरुङले हात पार्न सफल भए । प्रतियोगितामा डिलाइट एफसीले फेयर प्ले टीमको उपाधी हात पार्न सफल भयो ।

आइतबार सम्पन्न सेमी फाइनल अन्तर्गतको पहिलो खेलमा कस्केरी युथ क्लवले अर्चलबोट युथ क्लवलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियोभने दोश्रो खेलमा डिलाइट एफ सीलाई २–१ गोलले पराजित गर्दै नदीपुर फुटवल क्लव फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताका बिजेताहरुलाई वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्साल, नदीपुर क्लवका अध्यक्ष शिव पौडेल, प्रतियोगिता संयोजक सुरज पालिखे लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...