डिफेन्डिङ च्याम्पियन बगर युनाइटेड ए नदीपुर कपबाट बाहिरयो

पोखरा २१ असोज/डिफेन्डिङ च्याम्पियन बगर युनाइटेड ए नदीपुर कपबाट बाहिरीएको छ । पोखराको नदीपुर स्थित नगर बिकास प्रशिक्षण केन्द्रमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगितामा शुक्रबार पिटी एफ सीले गत वर्षको बिजेता डिफेन्डिङ च्याम्पियन बगर युनाइटेड ए प्रि क्वाटर फाइनलबाट बाहिरीएको हो ।

शुक्रबार सम्पन्न प्रि क्वाटर खेलको पहिलो खेलमा पीटी एफसी र डिफेन्डिङ च्याम्पियन बगर युनाइटेड ए बीचको खेल अवधिभर गोल हुन नसकेपछि ट्राइबेकरमा डिफेन्डिङ च्याम्पियन बगर युनाइटेड ए लाई ५–४ गोल अन्तरले पराजित गर्दै पिटी एफसी क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

दोश्रो खेलमा नवआदर्श क्लव ए र एफ सी फन बीचको खेल १–१ गोलको वराबरीमा सकिए पछि नवआदर्श एले ट्राइबेकरमा ६–५ गोल गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । त्यस्तै तेश्रो खेलमा कस्केरी एफ सी र तारा एफ सी बीचको खेल २–२ गोलको बरावरीमा सकिएपछि ट्राइबेकरमा कसेरी एफसीले ४–३ गोल गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । चौथो खेलमा लेकसाइड जुनियर क्लवले पुन युनाइटेड क्लव ए लाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो ।

पांचौ खेलमा डिलाइट एफसीले बिजयपुर एफसीलाई ५–२ को गोल अन्तरले हराउदै अघिल्लो चरणमा प्रवेश ग¥यो । छैठौ खेलमा अर्चलबोट युथ क्लवले पुन युनाइटेड क्लव बीलाई ६–१ गोल अन्तरले हराउदै अघिल्लो चरणमा प्रवेश ग¥यो । अन्तिम खेलमा रामबजार गनरर्सको अनुपस्थितीमा नदीपुर नीलोले वाक ओभर मार्फत क्वाटर फाइनलमा प्रवेश ग¥यो ।

प्रतियोगिता अन्तर्गत शनिवार क्वाटर फाइनल अन्तर्गतका खेलहरु हुनेछन । जस अनुसार पहिलो खेल लेकसाइड जुनियर र डिलाइट एफसी बीच हुनेछभने दोश्रो खेल कस्केरी एफ सी र नव आदर्श क्लव एबीच हुनेछ । त्यसैगरी तेश्रो खेल नदीपुर नीलो र नदीपुर ब्वाइज क्लववीच हुुने छभने अन्तिम क्वाटर फाइनल खेल अर्चलबोट युथ क्लव र पीटी एफ सी बीच हुने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए ।

नदीपुर युथ युकेको मुख्य प्रायोजन तथा साउदी अरव उप प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने समेत पुनले जानकारी दिए ।

कमेन्टहरु
Loading...