स्याङ्जाकी निशालाई पाँचौं मिस तमुस्योको उपाधि

पोखरा, ९ असोज/नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीले हरेक वर्ष आयोजना गर्दै आएको पाँचौं संस्करणको मिस तमुस्यो नेपाल–२०७३ को ताज स्याङ्जाकी निशा तमुस्योले पहिरिन सफल भएकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य १८ जना प्रतिष्पर्धीलाई उछिन्दै निशाले ५० हजार नगद, एक साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन पाउन सफल भइन् ।

त्यस्तै, कास्कीकी स्यारोन तमुस्यो फष्ट रनर अप भइन् । स्यारोनले फष्ट रनर अपसँगै ३० हजार नगद र क्राउन पाउन सफल भइन् भने कास्कीकै सुयसा तमुस्यो सेकेण्ड रनर अप भइन् । उनले सेकेण्ड रनर अप भएसँगै २० हजार नगद र क्राउन प्राप्त गरिन् । प्रतियोगिताका निर्णायकहरूमा पूर्व मिस नेपाल नीलिमा गुरुङ, चलचित्र निर्देशक रामबाबु गुरुङ, पूर्व मिस तमुस्यो बुद्धिलक्ष्मी गुरुङ तथा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ रहनुभएको थियो ।

स्याङ्जाकी निशालाई पाँचौं मिस तमुस्योको उपाधि
स्याङ्जाकी निशालाई पाँचौं मिस तमुस्योको उपाधि

‘मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान’ भन्ने मूल नाराका सम्पन्न ग्राण्ड फिनालेका लागि देशभरबाट छनौट भइ १९ जना तमु युवतीले एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए । भदौ ४ गतेदेखि प्रशिक्षणरत तमु युवतीहरूले उद्घोषणकला, व्यक्तित्व विकास, तमु भाषा, संस्कार, संस्कृति, आईएलओ १६९, संघीयता, महिला अधिकारी, जलवायु परिवर्तन, पत्रकारिता, अभिनय, सौन्दर्यकला, क्याट वाकलगायतका विषयमा प्रशिक्षण लिएका थिए ।

प्रतियोगिताको श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले तमु जातिको मौलिक पितृ पूजा गरी उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको ग्राण्ड फिनालेमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष दुर्गा तमु ‘मिलन’, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु Þयुला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय प्रचार सचिव मनोज तमु, कास्की जिल्ला सचिव चेतबहादुर तमु, धर्मबहादुर तमुलगायत सहभागी थिए ।

कास्कीको धम्पुसमा तस्वीर खिचाएका प्रतियोगी तमु युवतीहरूले लमजुङको पर्यटकीय गाउँ पसगाउँको भ्रमण समेत सम्पन्न गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार धौलागिरि भ्यू होटल धम्पुस, फष्ट रनर अप हरि तमु हङकङ र सेकेण्ड रनर अपको उपाधि पुरस्कार पोखरा फाइनान्सले गरेका थिए भने एक साताको हङकङ यात्राको प्रायोजन दुर्गा तमु ‘मिलन’, हरि तमु, तिलक तमु र युवराज तमुले गर्नुभएको थियो । कार्यक्रम नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष धनु तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...