युवा लेखक सुबिन भट्टराईको नयाँ कृति ‘मनसुन’ बजारमा

काठमाडौ, ८ असोज/लोकप्रिय युवा लेखक सुबिन भट्टराईको नयाँ कृति ‘मनसुन’को विमोचन शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको छ । पुस्तकको विमोचन गायक प्रमोद खेरल र लेखकले सँयुक्त रुपमा गरे ।

मनसुन सम्झाउने झरी लगत्तै सुरु भएको कार्यक्रममा गायक खरेलले ‘मबिना कसैकसैलाई मुश्किल छ पोखरामा’, झुम्कावाली’जस्ता लोकप्रिय गीतहरु सुनाएर विमोचनमा सहभागी युवाहरुलाई मुग्ध बनाएका थिए । खरेलका गीतपछि कार्यक्रम प्रस्तोता सबिना कार्कीले भट्टराईसँग छोटो संवाद गरेकी थिइन् ।

भट्टराईले मनसुनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘छिनमै घाम छिनमै पानी, छिनमै बादल छिनमै सफा आकासजस्तै परिवर्तन भइरहने मानिसहरुको प्रेमसम्बन्ध हो यो ।’  ‘समर लभ’ र ‘साया’ उपन्यासबाट युवाका ढुकढुकी भएका भट्टराईको यो चौथौं कृति हो । उनी समाजिक संजालमा सबैभन्दा लोकप्रिय लेखकहरुमध्ये पर्छन् । यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३१८ राखिएको छ ।

कमेन्टहरु
Loading...