देवि र तेजेन्द्रको जोडिलाई व्याण्डमिन्ट उपाधी

पोखरा, ५ साउन /३८ औं पुष्पलाल दिवसको सन्दर्भमा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको आयोजनामा पोखरामा सम्पन्न वडा तथा गाविस स्तरीय व्याडमिण्टन प्रतियोगिताको उपाधी देवि गुरुङ्ग र तेजेन्द्र गुरुङ्गको जोडिले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा रबिन गुरुङ्ग र खेम केसीको जोडिमाथि २–१ सेटको जित दर्ता गर्दै सो जोडिले पहिलो पटक आयोजित प्रतियोगिताको उपाधी आफ्नों नाम गराएको हो ।

देवि र तेजेन्द्रको जोडिलाई व्याण्डमिन्ट उपाधी
देवि र तेजेन्द्रको जोडिलाई व्याण्डमिन्ट उपाधी

उनीहरुले १७–२१ मा पहिलो सेट गुमाएपनि पछिल्लो दुई सेट २१–१४ र २१–१९ ले आफ्नों पक्षमा पारेका थिए ।  बनमानी आचार्य र विकाश गुरुङ्ग तथा यदु अधिकारी र सुसिल पौडेलको जोडिले तृतीय स्थान हाँसिल गरे । प्रतियोगितामा केदारनाथ भट्टराई र सुवास अधिकारीको जोडि अनुशासित खेलाडी भए भने तेजेन्द्र गुरुङ्ग उत्कृष्ट खेलाडी भए ।

यसअघि नेकपा एमालेका स्थाई कमिटि सदस्य शंकर पोखरेलले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै पोखरेलले पुष्पलालको विचार अहिलेपनि समय सान्दर्भिक भएको जनाए । ‘पुष्पलाल संयुक्त आन्दोलनको पक्षधर हुनुहुन्थ्यो, वर्तमान राजनीतिक अवस्थामा पनि उहाँको विचार त्यहिकै महत्वपूर्ण छ’–पोखरले भने ।
आयोजक संघ कास्कीका अध्यक्ष सञ्जिबबहादुर कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष धनराज आचार्य, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगाएतले मन्तव्य राखेका थिए ।

संघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठले स्वागत तथा सचिव इमानराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । यसैविच प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाल राष्ट्रिय बाणिज्य संघ पोखराको नगर अधिवेशनका अवसरमा आउँदो २२ गते पुरस्कार वितरण गरिने संघका अध्यक्ष सञ्जिबहादुर कोइरालाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार स्वरुप २० हजार बराबर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुनेले १५ हजार, तृतीय हुने २ समूहलाई १०–१० हजार बराबरको पुरस्कार दिइनेछ । त्यसैगरि अनुशासित तथा उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...