शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रिय अन्तरक्रिया

 पोखरा २४ असार /इन्सेक पश्चिमाञ्चल कार्यलय पोखरा र मानवअधिकार निगरानी समुह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा ,स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी राज्यका निति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रिय अन्तरक्रिया
शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रिय अन्तरक्रिया

कार्यक्रममा पर्बत , तनहुं , कास्कीबाट सहभागि हुन आएका मानवअधिकार निगरानी समुहका सदस्यहरु , कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएतले स्थानिय निकायबाट प्रभावकारी सेवा दिन नसकेको , ग्रामिण स्तरका बिद्यालयमा बालमैत्री शिक्षाको वाताबारण नभएको , प््रााथमिक शिक्षा निशुल्क भनिएता पनि विभिन्न वहानामा शुल्क लिने गरिएको, स्वास्थ्य चौकिबाट प्रभावकारी सेवा उपल्ब्ध हुन नसकेको , गाविस स्तरमा कुषी प्राविधीकहरुको व्यवस्था नहुंदा सेवाग्राही मर्कामा परेको , खाद्यन्न तथा तरकारीहरुमा बिषादि र अखाद्य बस्तुहरुको मिसावटले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर गरेको बताउँदै अनुगमनका लागि सम्बन्धीत निकायको ध्यनाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदिले जिल्ला प्रशासन कार्यलयमा बजार अनुगमन समितीले निरन्तर अनुगमन गरेको जानकारी गराउँदै मुल्य बृद्धि र मिसावट गरिएको पाईएमा तत्काल कारवाहि गरिने बताउनुभयो ।  जिल्ला कृषि बिकास कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत रमेश कोईरालाले चाप अनुसारको प्राबिधिक र जनशक्ति नभएका कारण ग्रामिण स्तरमा सेवा प्रभावकारी रुपमा दिन नसकिएको बताउनु भयो । कास्कीमा बिषादि प्रयोग गत बर्षको तुलनामा कमि आएको जानकारी गराउंदै उहाले कृषि बिकास कार्यलयले प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिता दिईरहको बताउनु भयो ।

कार्यक्रममा क्षेत्रीय पसुसेवा निर्देशनालयका निर्देशक डा देव नन्दन साह,क्षेत्रिय शिक्षा उप निर्देशक हरिहर घिमिरे , जिल्ला शिक्षा अधिकारी रमकान्त अर्यालले आ आफना कार्यालय अन्तर्गत उठेका समस्यालाई सम्बोधन गर्दै स्थानिय तहवाट समाधान हुन सक्ने विषयलाई यहिंवाट र हुन नसक्ने विषयलाई माथिल्लो निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा राष्टिय मानवअधिकार आयोगका खेम सुवेदी , जिल्ला वालकल्याण अधिकृत वद्री वाग्ले, बरिष्ठ अधिकारकर्मि टेकनाथ बराल , शान्तिका लागि नागरिक समाजको संजालका संयोजक सरला कुमारी पाण्डे ,अधिबक्ता कमल अर्याल , अधिकारकर्मि बिष्णु बराल जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठ, उपभोक्ता मंच कास्कीका सचिब राजु अधिकारी लगायतले शिक्षा, स्वस्थ्य र खाद्यका सवालमा देखिएका समस्याका वारेमा बोल्नु भएको थियो ।

इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रम संचालति क्षेत्रमा देखिएका समस्याहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । मानव अधिकार निगरानी समुह कास्कीका अध्यक्ष पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन शवनम शर्माले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...