हेलो सरकारमा पाँच महिनामा ४ सय गुनासा

पोखरा, १२ असार/नागरीकका गुनासा सुनेर सरकारी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले पोखरामा स्थापना भएको हेलो सरकारमा पाँच महिनामा करिब ४ सय उजुरी परेका छन् ।

माघ ३ गते स्थापना भएको हेल्लो सरकामा जेठ अन्तिम सम्ममा ३ सय ९६ वटा उजुरी परेको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका उपक्षेत्रिय निर्देशक लोकराज रेग्मीले जानकारी दिए ।

उनले सबै भन्दा बढि पोखरा उपमहानगर पालिका, शिक्षा, स्वास्थय, जिल्ला प्रशासन कार्यालय कास्की, विद्युतका लाइन काटिने लगाएतका गुनासा बढि आउने गरेको रेग्मीले बताए । उनले हेल्लो सरकारमा अहिले परेका मध्ये २ सय ७१ वटा उजुरीको फस्र्योट भई सकेको बताए ।

उनले १ सय २५ वटा उजुरी फस्र्योटका लागि निर्देशन दिइसकेको बताउदै काम भए नभएको फ्लो अफ गरि रहेको जानकारी दिए । उनले २ सय ४६ वटा लिखित उजुरी परेको बताए । पश्चिमाञ्चल क्षेत्रका गुनासा सुन्ने निकाए भए पनि हाल कास्की र तराई क्षेत्रबाट मात्रै गुनासो आउने गरेको बताए ।

उनले नागरीकलाई सरकारी निकायले दुःख दिएमा हेल्लो सरकारलाई खबर गर्न अनुरोध गरे । गुनासो टिपाउन ११११ नम्बरमा फोन, ११०० मा फ्याक्स र ०६१४६४८४१ मा गुनासो टिपाउन सकिने बताए ।

कमेन्टहरु
Loading...