लेखनाथमा बस दुर्घटनामा ४ जना घाईते

लेखनाथ, ११ जेठ/लेखनाथ नगरपालिका १ सैनिक वस्ति स्थित सडकमा बस दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।

पोखराबाट दमौली जादै गरेको ग १ प ५५५७ नम्बरको हाईसलाई ना ४ ख ८४३९ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा यात्रु घाइते भएका हुन् । तनहुँ भानु १ बस्ने दिपक बहादुर कुमाल, गोरखा पालुङ्गटार १० का सलिना खार्तुन, खातुनका छोरा ८ वर्षिया अब्जन मिया र कुमालका ९ महिनाका छोरा दिप्सन कुमाल घाइते भएका हुन् ।

उनीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...