धनगढीमा यस्तो बन्दै छ फाप्ला क्रिकेट रंगशाला

धनगढी, ९ जेठ /क्रिकेटको शहर धनगढीमा निर्माण तयारीमा रहेको फाप्ला क्रिकेट रंगशालाको आकर्षक प्रारम्भिक थ्री डी ढाँचा सार्वजनिक गरिएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रीम फाप्ला) का संयोजक समेत रहेका सुवाश शाहीले सो थ्री डी नक्सा सार्वजनिक गर्दै सवैलाई सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेका छन् ।

धनगढीमा यस्तो बन्दै छ फाप्ला क्रिकेट रंगशाला
धनगढीमा यस्तो बन्दै छ फाप्ला क्रिकेट रंगशाला

फेसबुक मार्फत फाप्ला रंगशालाको नक्सा सार्वजनिक गर्दै शाहीले भनेका छन्, फाप्लाको माष्टर प्लान सार्वजनिक भएसँगै नेपाली क्रिकेटमा नयाँ क्रान्ती आउँने हामीलाई विश्वास छ, हामीले फाप्लालाई सरकार, स्थानिय जनता, निजी क्षेत्र तथा देश विदेशमा रहेका नेपालीहरुको सहभागितामा निर्माण गर्ने भनेका छौ त्यसैले यसले छिट्टै अन्तिम रुप लिनेमा हामी ढुक्क छौ र यो तयार नहुँदा सम्म हामी लागि रहने छौ । उनले अगाढी लेखेका छन, हामी सम्पुर्ण नेपालीहरुलाई यस पुर्ण कार्यको लागि एकजुट हुन आह्वान गर्छौ, यस स्टेडियममा तपाई हाम्रो अनि नेपालको भविष्य जोडिएको छ ।

शाहीले सार्वजनिक गरेको माष्टर प्लानमा खेल मैदानसँगै प्लेयरका लागि जिमहाउँस, लकर, स्वीमिंग पुल तथा ट्रेनिंग हाउँसको व्यवस्था गरिएको छ । स्टेडियमको तिनतिर कुर्सी सहितको दर्शक बस्ने व्यवस्था मिलाईएको छ भने एकातिर घासेमैदान बनाईएको छ । स्टेडियमको क्षमता झण्डै ४० हजार दर्शकको हुने बताईएको छ । स्टेडियममा भिआईपी कक्ष, मिडिया कक्ष, खाना तथा नास्ताका स्टलहरु रहेका छन् । मोहना नदिको किनारामा रहेको फाप्ला परिसरलाई हराभरा बनाउँन एकातिर बन छ भने अर्कातिर नदिको सुन्दर दृश्य देख्न पाईन्छ ।

फाप्लाको माष्टर प्लानबारे प्रतिक्रिया दिदै नेपाली नेशनल क्रिकेट टीमका कप्तान पारस खड्काले फाप्ला रंगशाला निर्माणको काम समयमै पुरा हुनेमा विश्वास रहेका तथा फाप्ला निर्माणका अभियान्ता सुवाश शाही तथा टीमलाई शुभकामना रहेको उल्लेख गरेका छन् । आफ्नो फेसबुक मार्फत फाप्ला रंगशालाको माष्टर प्लान सेयर गर्दै पारसले यो सपना साकार गर्न सवैलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

कमेन्टहरु
Loading...