चट्याङ्गबाट घाइते देवी वि.क.द्वारा सहयोग माग

पोखरा, १ चैत /फागुन २२ गते परेको चट्याङ्गबाट सख्त घाइते भएकी देवी कुमारी वि.क.को उपचारमा सहयोग गर्न आम सहयोगीहरुमा आह्वान गरिएको छ ।
पोखरा–५ स्थित बाराही उच्च मा.वि.को कक्षा ९ मा अध्ययनरत वि.क. विद्यालयबाट घर जाने क्रममा चट्याङ्ग परी शरीरको आधा भाग डडेकोले उनको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ ।

बाबुआमाले छोडेपछि मामली घरमा बस्दै आएकी वि.क.को आर्थिक अवस्था नाजुक भएकोले उपचार गर्न कठिनाई भएपछि बाराही उच्च मा.वि.का शिक्षक कर्मचारीहरुबाट आर्थिक सङ्कलन गरी हाल उपचार गरिरहेको प्राधानाध्यापक शिव प्रसाद भण्डारीले बताए ।

अस्पतालले उपचारमा केही सहयोग गरेता पनि आर्थिक अभावले थप उपचारमा ज्यादै कठिन भएकोले सहयोग गर्न प्र.अ.भण्डारीले आह्वान गरेका छन् । वि.क.को उपचारको बारेमा सहयोग तथा जिज्ञासाको लागि ९८५६०३४३७० मा सम्पर्क राख्न अनुरोध गरिएको छ । बालबालिकाको सहयोगको लागि पोखरामा दर्जनौं संघसंस्था रहेता पनि वि.क.को उपचारमा त्यस्ता संघसंस्था सहयोगी भए समाजमा उदाहरणीय सेवा कार्य हुने प्र.अ. भण्डारीले बताए ।

कमेन्टहरु
Loading...