माला, खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय

पोखरा । कार्यक्रम, सभा, समारोहमा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नेकपा (एमाले)ले निर्णय गरेको छ ।

एमालेका कार्यक्रममा भद्दा आसन ग्रहणलाई निषेध गर्दै फूलमाला र खादा निरूत्साहित गरिने एमालेले जनाएको छ ।

कार्यक्रम, सभा, सम्मेलनमा सहभागीभन्दा अतिथिको सूची लामो हुन थालेपछि आसन ग्रहण भनेर मञ्चमा बोलाउने परिपाटी नै अन्त्य गर्न लागेको एमालेले जनाएको छ । साथै एमालेले पार्टीको कार्यक्रममा अतिथि र वक्तालाई दर्शक दीर्घामै राख्ने र सार्वजनिक कार्यक्रममा अध्यक्ष बाहेक अरूको फोटो प्रयोग नगर्ने भएको छ।

कमेन्टहरु
Loading...