बुढिखोलामा पूल निर्माणका लागि साम्सद कार्कीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा । कास्की क्षेत्र न गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ ( १) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले  बुढिखोलामा पूल निर्माणका  लागि प्रदेश सभा मार्फत   प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रदेश सभाको  जारी अधिबेशनको  शुन्य समयमा बोल्दै उनले  पोखरा महानगरपालिका वडा न २१ को दोपहरे – माझगाउँ – बक्रेक – स्याङ्जाको पौवेगौडे जोड्ने  ११ कि मि लामो   कृषि सडक निर्माण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूर्णरूपमा संचालनमा कठिनाइ भएको बताए ।

प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत सो सडक  निर्माण भएको  उल्लेख गर्दै कार्कीले सो सडक निर्माणका  क्रममा नै निर्माण पूरा हुनुपर्नेमा   सडक निर्माण सम्पन्न भएर हस्तान्तरण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूल नबनेको उल्लेख गर्दै तत्काल सो पूल निर्माण कार्य अघि बढाउन संसद मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउदछु उनले भने ।

 उक्त पूल नबन्दा बर्षातको समयमा आबागमनमा बाधा पुगेको भन्दै जनताहरू जोखिम मोलेर यात्रा गर्नु परेको तर्फ गम्भीरतापूर्बक ध्यान दिन सरकारसंग जोड्दार माग गर्दछु कार्कीले भने ।

कमेन्टहरु
Loading...