काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।
कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए ।