यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने नेकपा एसको निष्कर्ष 

 

काठमाडौं, ७ असार । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नहुने जनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए । अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशरणमहतसँग बजेट सच्याउने विषयमा छलफल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।

बजेट सन्तुलित नभएकाले सच्याउनु पर्ने उनको भनाइ छ ।

कमेन्टहरु
Loading...