एकीकृत समाजवादी कास्की ले नया बर्ष २०८१को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय सचिब एबम प्रदेश कमिटीका इन्चार्ज श्रीनाथ बरालले नेपाली बिशेषताको समाजबाट निर्माण गर्न सबै लाग्नु पर्ने मा जोड दिए ।पछिल्लो समय गणतन्त्रको ब्यबस्था विरुद्ध गतिविधि भएको भन्दै टोल टोल बाट प्रतिकार गर्नु पर्नेमा जोड दिए ।एकीकृत समाजवादी गण्डकी सह इन्चार्ज तथा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले सबै ठाउमा कमिटी निर्माण गर्दै प्रतिगामी तथा प्रतिक्रियावादी विरुद्ध सबै गणतन्त्रवादी एक ठाउमा उभिनु पर्ने बेला आएको बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एस केन्द्रिय कमिटी सदस्य तुल बहादुर गुरुङ, पोलिटब्युरो सदस्य दिलु पन्त, गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपाली,महानगर कमिटी इन्चार्ज मुक्ति पौडेल, कास्की जिल्ला अध्यक्ष खड्क हमालले नया बर्षको शुभकामना व्यक्त गरेका थिए । एकीकृत समाजवादीका पोखरा महानगर अध्यक्ष प्रेम थापा को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव बज्रराज अधिकारीले सन्चालन गरेका थिए ।
