केशब घिमिरेले ल्याए ‘कार्किनेटा रमाइलो गाउँ छ’

पोखरा । लोकप्रिय गायक तथा सर्जक केशव घिमिरेले पर्बत र स्याङ्जा जिल्लामा पर्ने फलेबास नगरपालिका, आधिखोलागाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, कुश्मा नगरपालिकामा पर्ने विभिन्न ठाउहरु समाबेश गरिएको गित ‘कार्किनेटा रमाइलो गाउँ छ’ लिएर आएका छन् ।

चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गितमा केशव घिमिरेको शब्द तथा लय रहेको छ । त्यस्नै घिमिरेसँगै स्वरमा सरस्वती लामिछानेले साथ दिएकी छन् । छायांकन गणेश सापकोटा, शृङ्गार बिनिता पौडेल, सम्पादन सुबास अम्गाइ, दृश्य निर्माण फलानो कृयसनको रहेको गीतलाई केशब घिमिरेले निर्देशन गरेका छन् ।

सरिता दानकुटी, केशब घिमिरेलगायत कलाकारको अभिनय रहेको सो गितलाई चन्दन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन् । उनी बिगत २० बर्षदेखि पोखरामा नै बसेर सांगीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन् । घिमिरेले करिब दुईसय गीत बजारमा ल्याइसकेका छन् ।

कमेन्टहरु
Loading...