बाहुबली बनाउन निर्देशकले लिएका थिए २ सय करोड ऋण

मुम्बई। फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ ।

 

फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि २ सय करोड ऋण लिएको खुलासा गरेका हुन् ।  उनका अनुसार राजामौलीले २४ प्रतिशत व्याजमा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए ।

 

फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका छन् । ‘३–४ वर्षपहिले फिल्म बनाउनका लागि निर्माताहरु आफ्नो घर र सम्पत्ति बैंकमा धितो राखेर ऋण लिन्थे र पैसा बैंकलाई फिर्ता दिएपछि आफ्नो सम्पत्ति पनि फिर्ता लिन्थे । राजामौलीले पनि २४ प्रतिशत व्याज तिर्ने शर्तमा यस्तै ऋण लिएका थिए’, दग्गुबातीले भनेका छन् ।

कमेन्टहरु
Loading...