भजन संग्रह “आर्वा गाउँको चिनारी ” सार्वजनिक

पोखरा ।  लोक भजन संग्रह “आर्वा गाउँको चिनारी ” बजारमा ल्याईएको छ। आर्वा अमलाचौरका युवा गायक सुरेन्द्रराज बरालको प्रस्तुतीमा बजारमा आएको सो संग्रह मा सुरेन्द्रराज बराल, कृष्ण प्रसाद गौतम, अञ्जु रसाइली र मनु अधिकारीले स्वर दिएका छन्।

लेखन संकलन रचना तथा निर्माण सुरेन्द्रराज बरालले गरेको संग्रहको निर्देशन कृष्ण प्रसाद गौतमले गरेका छन् भने छायांकन  राधाकृष्ण बराल रहेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको सो संग्रहले आर्वाका धार्मिक  देवी देवल मठ मन्दिर को परिचय गराउनुको  साथै लोक भजन मार्फत समग्र  आर्वा गाउँको परिचय राम्रै संग गरेको छ।
 आर्वा पोखरा देखि कसरी पुग्ने, आर्वा पुगेपछि त्यहाँका पर्यटकीय तथा धार्मिक मठ मन्दिर कहाँ कहाँ छन् अनि तिनको महत्व के के छन् लगायतका बिषय संग्रह मा समेटिएको छ।
 बिशेषगरी आर्वाका अमलाचौर गहतेडाँडामा नवनिर्मित दक्षिणकाली मन्दिर, मणीदिपमा रहेको महाकाली , शिव मन्दिर, मोहरपानी आदर्श टोलमा रहेका राम मन्दिर तथा माईको थान मन्दिर, ठाँटीमा रहेको लक्ष्मीनारायण मन्दिर, छापाको चौतारामा रहेको शिव मन्दिर, कुईथोकमा रहेको अर्धनारेशवर मन्दिर, आहाँडी मा रहेको नवदुर्गा मन्दीर संगै वायुका राजा रतनपाण्डे मन्दिर  सहित आर्वाकै प्रसिद्ध स्थल महाप्रभुधाम लगाएतको वर्णन लोक भजन संग्रहमा गरिएको छ। भजन मार्फत यि मन्दिरहरु तथा स्थलहरुको ऐतिहासिक  धार्मिक तथा पौराणिक महत्व दर्शाउन खोजिएको छ।
निकै मेहनतका साथ बनाईएको लोक भजन संग्रह आर्वा गाउँको चिनारी सबैले सुनेर हेरेर प्रतिकृया दिन निर्माण पक्षले आव्हान गरेको छ।
कमेन्टहरु
Loading...