मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन  

मुगु । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागिरकहरु स्वास्थ्य क्षेत्र बञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।

सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुमा औषधि किन्ने पैसा छैन । नेपाल सरकार बाट ९८ प्रकारका औषधि निःशुल्क रुपमा वितरण गरे पनि मुगाली नागिरक र अस्पतालमै यी ओैषधिकै अभाव रहेको छ । दर्जनौँ प्रकारका औषधि अभाव भइरहुँदा अस्पतालसँग भने औषधि किन्ने पैसा नै नभएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

‘गत वर्ष औषधि खरिदको लागि छुट्याइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो । तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक भुवन पुरीले भने,’  अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा  दिनै सकिँदैन । औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाई भएन ।’

नेपाल सरकार राष्ट्रिय बिमा बोडले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । उपचारबापत पाउने रकम  हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए ।

-खड्क सुनार

कमेन्टहरु
Loading...