सञ्चारकर्मीद्वारा लमजुङका प्रमुख जिल्ला अधिकारीलाई स्वागत

शिक्षा पन्त, लमजुङ । लमजुङ जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई स्वागत गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्लाका सञ्चारकर्मीहरुले अधिकारीलाई स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा बोल्दै उनले जिल्लामा रहेका विभिन्न बिकृती बिसङ्गतीहरुलाई उजागर गरि त्यस्ता बिकृती फैलाउनेलाई कानुनी दायरामा ल्याई कारर्बाही गर्ने बताए । उनले लमजुङका खराब पक्षहरुलाई उजागर गरि सबल पक्षहरुलाई उठान गर्न आवश्यक रहेको बताए ।

साथै सामाजिक विषयहरु सत्यताको नजिक रहेको र यसलाई गम्भिरताका साथ लिने उनको भनाई थियो । बजार ब्यबस्थापनको विषय जटिल रहेकोले यसलाई सम्वेदनशिलताको रुपमा लिने र यसका लागि सञ्चारकर्मीहरुको साथ, सहयोगको आवस्यक रहेको अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारिले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...