आर्थिक अभावमा घाईते बालकको उपचारमा समस्या 

बागलुङ / बिहानीको समय थियो, आमा घरको काममा व्यस्त, भैंसीलाई कुँडो खुवाउन तताएको पानीको ताउलो गोठ अगाडी राखिएको थियो बालक खेल्दै थिए खेल्ने क्रममा अचानक उनी ताउलोमा परे ।
घाईते बालक गलकोट नगरपालिका वडा नं ८ काँडेबास थालेपोखरा निवासी केहरसिंह विश्वकर्मा र पुनम विश्वकर्माका छोरा हुन ।
८ वर्षिय बालक सुलभ विश्वकर्मा ताउलोमा परेपछि उनको शरीरको पछाडीको भाग तातोपानीले खाला गएको छ भने, उनको कम्मर, हिप र ढाडमा बढि असर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
घटना भए लगत्तै परिवारले घाईते बालकलाई  उपचारको लागि गलकोट नगरपालिका ३ हटिया बजार स्थित आरोग्य अस्पतालमा पुराएका थिए ।
त्यहाँ उनको सामान्य उपचार पछि स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले त्यहाँबाट रिफर गरेको अस्पतालका डाक्टर टंक चालिसेले जानकारी दिए ।
उनको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ । अस्पतालले बालकको उचारमा खर्च धेरै लाग्ने बताएपछि परिवार चिन्तामा परेको छ । आर्थिक अवस्था निकै नै कमजोर रहेको बालकको परिवारले उपचारमा सहयोग गरिदिन सबैमा अपिल समेत गरेको छ
बालकका बाबा अहिले रोजगारीको सिलसिलामा भारतमा छन उनले ‘आफ्नो छोराको उपचार गर्न अस्पतालमा धेरै रकम खर्च हुने देखिएको र रकम समयमा नै जोहो गर्न आफुहरुलाई निकै कठिन भएको भन्दै सबैमा सहयोगको लागि अनुरोध गरेका छन् ।
गाउँमै सामान्य खेतीपाती गर्दै परिवारको जीवीकोपार्जन गर्दै आईरहेको उक्त परिवारलाई अहिले घाईते बालकको उपचारमा आवश्यक पर्ने रकम सङ्कलन गर्न निकै अप्ठ्यारो परेको छ । आर्थिक अवस्था निकै कमजोर भएकै कारण श्रीमान छिमेकी देश भारतमा रोजगारीको लागि जानुभएको छ यता यस्तो घटना भयो बाललकी आमा पुनम विश्वकर्माले दुखेसो पोखिन् ।
कमेन्टहरु
Loading...