पोखरा । स्याङजा जिल्लाको आधिखोला गाउँपालिका वडा नं. १ को पञ्चमुल स्थित विभिन्न स्थानमा सोमबार राति चोरी भएको छ । वडामा रहेको वडा कार्यालय, गुम्बा र ७ वटा व्यापारिक पसलर घरबाट चोरी भएको हो ।
वडा कार्यालयबाट करिब ३०, ४० हजार नगद चोरी भएको हुनसक्ने सोही वडाका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिएका छन् ।
सिसिटिभि फुटेज पनि नभेटिएको र प्रारम्भिक अनुसन्धान जारी रहेकाले अहिलेसम्म यति नै चोरी भयो भन्ने यकिन नभएको वडाध्यक्ष अधिकारीले जनाएका छन् । उनका अनुसार नगद रकम, सुनचाँदी र विभिन्न सामानहरु चोरी भएको बताएका छन् ।