लमजुङ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका भेष बहादुर पौडेल ७५४ मतान्तरले विजयी

शिक्षा पन्त, लमजुङ । लमजुङको प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेलले १९ हजार ५५७ मत ल्याएर निर्वाचित भएका छन् । पौडेलले ७ सय ५४ मतान्तरले एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

एमालेका अधिकारीले १८ हजार ८०३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत प्राप्त गरे भने मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत प्राप्त गरे । त्यस्तै जनता समाजवादी पार्टीका युवराज दुराले २ सय ४१ मत र (बिपी) कांग्रेसका नवराज बसौलाले १ सय ४५ मत प्राप्त गरे ।

कमेन्टहरु
Loading...