शिक्षा पन्त, लमजुङ । लमजुङबाट प्रतिनिधि सभाका लागी नेकपा एमालेका उपममहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर उनले निकटतम प्रतिद्धन्दी गठबन्धनका उम्मेदवार देव गुरुङलाई ३ हजार एक सय ८८ मतान्तरले पराजित गरि विजयी हासिल गरेका हुन् ।
देव गुरूङलाई पराजित गरेका पृथ्वीसुब्बा गुरूङ २०७४ को निर्वाचन जिते पछि तीन वर्षसम्म गण्डकी प्रदेशको मुख्यमन्त्रीे जिम्मेवारी सम्मालेका थिए । माओवादी केन्द्रका महासचिव देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए ।