स्याङ्जा १ मा बोधराजलाई भोट माग्दै कमेडियन विकास

स्याङजा । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा देखिए । आ गामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास बताउँछन् । उनले भने -‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होमिएको छ ।

कमेन्टहरु
Loading...