कहिले निर्माण होलान् यी फिल्म ?

एजेन्सी / बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म ‘बेधडक’को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।

फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन ।

तख्त

निर्माता तथा निर्देशक करण जोहारले सन् २०१८ मा निकै धमाकेदार शैलीमा मल्टीस्टारर फिल्म ‘तख्त’को घोषणा गरे । रणवीर सिंह, आलिया भट्ट, अनिल कपूर, विक्की कौशल, करिना कपुर खान, जाहान्वी कपूरजस्ता मल्टिस्टारको  अभिनय रहने भनेर घोषणा भए पनि यो फिल्म कहिले बन्छ भन्ने अझसम्म टुंगो छैन ।

दोस्ताना २

फिल्म ‘दोस्ताना २’ को अवस्था उस्तै छ । कार्तिक आर्यन, कटरीना कैफ र जाह्नवी कपुरको  अभिनय रहने भनिएको यो फिल्मबाट कार्तिकले हात झिकेपछि फिल्म निर्माण रोकिएको छ ।

कमेन्टहरु
Loading...