पोखरा । स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी गठन गरेको छ । जसको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा अनिसा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन् । सदस्यमा रिना थापा, विन्दु परियार र निरज पन्त चयन भएका छन् ।