जिसस कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकाको अनुगमन

पोखरा  / पोखरा जिल्ला समन्वय समिति कास्कीले अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन तथा निर्माण सम्पन्न योजनाहरुको अनुगमन गरेको छ।

प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले सो जिल्ला समन्वय र सो गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुँदै गरेको धारापानी मा बि को घेराबार योजना , वडा न ३ को निर्माण सम्पन्न वडा कार्यालय भवन लगाएतको अनुगमन गरिएको हो।

लगत्तै प्रमुख पौडेलको टोलिले उक्त गाउपालिकाको कार्यालय पुगि पालिकाबाट भैरहेका सेवा प्रबाहको जानकारी सहित अन्तर्कृया सम्पन्न गरेको थियो । कार्यक्रममा प्रमुख पौडेलले सेवा प्रवाहलाई थप छिटो छरितो र प्रबिधीमैत्री बनाउन आग्रह गर्दै जनताको काममा ढिला सुस्ती गर्ने छुट जन प्रतिनिधिलाइ नभएको बताए।

उनले योजनाको गुणस्तरको सबालमा कुनै तलमाथी नगर्न भन्दै कमजोरी गर्ने निकायलाइ तत्काल कारबाहिको दायरामा ल्याइने बताए। गाउँपालिका अध्यक्ष बिस्णु के सि ,उपाध्यक्ष चन्द्रकला अधिकारी , प्रमुख प्रशासकिय अधिकृत लगायतले पालिकाका काम कारबाहिको बारेमा जानकारी गराएका थिए।

सो अबसरमा जिल्ला समन्वय समिती कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नबराज बराल , समन्वय सदस्य बालिका सुवेदी लगाएतका कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...