फेवा वेगनासको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रम मार्फत वर्ष २०२१/२२ का अध्यक्ष महेश्वर रिमालले वर्ष २०२२/२३ का अध्यक्ष राजाराम पौडेललाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा बोल्दै वर्ष २०२२/२३ का अध्यक्ष राजाराम पौडेलले आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । डिष्ट्रिकले अगाडि सारेका कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष नेतृत्व तथा व्यक्त्तित्व विकासका कार्यक्रमलाई क्लबले प्राथमिकता दिने उनको भनाई थियो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक २२५ जे का जिएसटि कोअर्डिनेटर राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक चिफ सन्तोष घिमिरे, रिजन चियर पर्सन निर्मला श्रेष्ठ, जोन चियर पर्सन टंक ढकाल र शान्ति श्रेष्ठ, डिष्ट्रिक मेम्बर महेश्र रिमाल, लायन्स क्लब अफ सेती गण्डकी स्टारका अध्यक्ष प्रकाश विक, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका प्रथप उपाध्यक्ष चित्र बहादुर गुरुङ, सचिव टिका बहादुर लम्साल लगायतले बोलेका थिए ।

पौडेलको अध्यक्षतामा रहेको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा टिका बहादुर लम्साल, कोषाध्यक्षमा महेश सुनार, सहसचिवमा हेमराज तिवारी र सह कोषाध्यक्षमा दीपक भण्डारी रहेका छन् । यसैगरी मेम्बरसिप चियरपर्सनमा कृष्ण प्रसाद आचार्य, सदस्यहरुमा जीवन कार्की, लेखनाथ सुवेदी, घनश्याम आचार्य, नवराज अधिकारी, ऋषिराम खनाल र प्रवेश उप्रेती छन् ।

लायन वर्ष २०१६/२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकाल, शंकर पाण्डे र महेश्वर रिमालले सम्हालीसकेका छन् ।

यसैगरी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक २२५ जे अन्र्तगत रिजन ५ जोन १० को प्रि–एडभाइजरी कमिटि मिटिङ समेत सम्पन्न भएको छ । जोन चियर पर्सन टंक ढकालको अध्यक्षतामा बसेको मिटिङमा यो वर्ष क्लबहरुले गर्नुपर्ने विविध कार्यको बारेमा प्रकाश पारिएको थियो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक २२५ जे का जिएसटि कोअर्डिनेटर राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रि–एडभाइजरी कमिटि मिटिङमा जोन १० अन्र्तगतका क्लबका अध्यक्ष सहितका पदाधिकारीको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...