पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन् ।

कमेन्टहरु
Loading...