चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध कारोबारको आरोपमा बुधबार पोखराबाट उनलाई जिल्ला प्रहरी कास्कीको टोलीले पक्राउ गरेको हो ।

लागुऔषध कारोबारको सञ्जालमा मुछिएपछि लाउरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

विहिबार विदाको दिन परेका कारण म्याद थपका लागि भोलीसम्म कुर्नुपर्ने भएकाले थप भन्न नमिल्ने उनले बताए ।

अन्तिम निष्कर्षमा पुगेपछि प्रेसमिट गरेरै विस्तृत विवरण बाहिर ल्याउने उनले बताए ।

कमेन्टहरु
Loading...