‘चपली हाइट ३’ कलेज फिल्म होः महेश त्रिपाठी

पाेखरा । नियमित फिल्म हेर्ने दर्शकहरुका लागि महेश त्रिपाठी परिचित अनुहार होइनन् । तर, उनले नेपाली तथा विदेशी हजारौ सर्ट फिल्मबाट अभिनयमा आफूलाई अब्बल देखाएका छन् । नेपाली चलचित्र क्षेत्रका ठुला चलचित्रहरुमा उनी देखा पर्दै छन् ।
लामो समयदेखि अस्कार इन्टरनेशनल कलेजमा शिक्षकको रुपमा कार्यरत उनको नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पछिल्लो सयम अभिनय पढेर आएका व्यक्तिहरुले फरक धारको फिल्मप्रति रुचि देखाउने गरेको पाइन्छ । महेश पनि अभिनय पढेर आएका हुन् । उनका समकालीन कलाकारहरु फरक धारको फिल्मका लागि दौडिरहेका छन्। तर, उनी फिल्मलाई आफूले मेनस्ट्रिम वा फरक धार भनेर हेर्ने नगरेको बताउँछन् । कलाकार भएपछि काम गर्ने स्पेश छ कि छैन भन्ने कुराले अर्थ राख्ने उनको भनाई छ ।

महेश भन्छन्, ‘मैले फिल्मलाई मेनस्ट्रिम वा फरक धार भनेर हेर्दिनँ । एउटा कलाकारको रुपमा फिल्ममा काम गर्ने स्पेश छ कि छैन, त्यो क्यारेक्टरलाई मैले न्याय गर्न सक्छु कि सक्दिन म त्यो पात्रमा अभियन गर्दा पात्र प्रति न्याय हुन्छ की हुदै भनेर सोच्ने गर्छु । म एक्स्ट्रा अडिनरीको पछाडि लाग्ने भन्दा पनि इमान्दार भएर काम गर्छु । इमान्दार भएर काम गर्ने स्पेश जहाँ पाउँछु म गर्छु । मैले ‘चपली हाइट ३’ सँग जोडिनुको कारण यो पनि थियो ।’

चपलीहाइटमा अहिले चलेकी नायीकार स्वस्तीमा खड्गा सगँ काम गर्दा कतिको अप्ठेरो लाग्यो भन्ने प्रश्नमा महेश भन्छन् “चलेका कलाकारसँग काम गर्दा आफू ओझेल परिन्छ भनेर कहिल्यै आफुले नसोचेको बताउँछन्न्”। स्थापित कलाकारसँग काम गरेर के सिकियो त्यो महत्त्वपूर्ण कुरा रहेको उनको भनाई छ । ‘चपली हाइट ३’ लाई आफूले कलेजको रुपमा लिएको बताउँदै उनले भने९ ‘म हरेक प्रोजेक्टबाट नयाँ कुरा सिक्छु । सिक्न पाउनु मेरो लागि ठूलो उपलब्धि हो । त्यसैले म नयाँ प्रोजेक्ट गर्न रुचाउँछु ।’

कमेन्टहरु
Loading...