तिहारमा ९० प्रतिशत माला स्थानीय उत्पादनबाट (भिडियो सहित)

राजु गिरी, पोखरा । भाइटिका नजिकिदै छ । भाइटिकामा प्रयोग हुने सयपत्री फूलको मालाको व्यापारका लागि पुष्प व्यवसायी तयारी अवस्थामा छन् ।

 

अघिल्ला वर्ष भन्दा पछिल्ला वर्षहरुमा यहाँकै किसानले उत्पादन गरेका सयपत्री फूलको माला विक्रि वितरण हुन थालेको छ । पोखरामा पनि ८० देखि ९० प्रतिशत यहिँको उत्पादनबाट विक्रि वितरण हुने पुष्प व्यवसायी संघ कास्कीका सचिव रामप्रसाद सुवेदीले अनुमान गरेका छन् । विशेषगरि छिमेकी राष्ट्र भारतबाट आयात भई सस्तोमा विक्रि वितरण हुँदा पुष्प किसानहरु मर्कामा परेका थिए ।

 

अहिले भारतबाट हुने आयातमा कमि र नेपालमा पुष्प खेती प्रतिको आकर्षणले गर्दा आन्तरिक उत्पादनले नै धान्न सकिने भएको संघका सचिव रामप्रसाद सुवेदी बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष अन्तिम क्षणमा फूलको कमि भएपनि यसपाली आन्तरिक उत्पादनले नै ९० प्रतिशत धान्ने छ ।

पोखरामा विशेषगरि लमजुङ, चितवन, धादिङबाट बढीमात्रामा भित्रीने गरेको सुवेदी बताउँछन् ।

कमेन्टहरु
Loading...