पोखराका गुफाहरुको विकासका लागी सरकार प्रतिवद्धः मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथामिकता राखेर काम गरेको वताएका छन् ।

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उनले वर्तमान गठवन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ वनाउने वताए । मनत्री खड्काले पोखरामा रहेका गुफाहरुको विकासका लागी प्रदेश सरकारले संभाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति वनाएर काम थाल्ने समेत वताए । महेन्द्र गुफाको विकासका लागी सरकारले वजेट विनियोजन गरेको वताउदै उहाँले थप वजेटका लागी केन्द्र सरकारसगँ समन्वय गर्ने वताए । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागी सरकार गम्भीर रहेको वताउदै पर्यटन क्षेत्रमा वढ्दो आर्थिक गतिविधीवाटै समृद्घि प्राप्त गर्न सकिनेमा जोड दिए ।

समितिका संयोजक गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य, नेपाली काग्रेसका वडा सभापति अमृत शर्मा तिमिल्सीना, भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रालयका प्रमुख सि.डि.ई डा. महेन्द्र वानिया, विन्ध्यवासिनी मा.विका सहायक प्रधानाध्यापक राम व. वानिया, विन्ध्यवासिनी क्याम्पसका अध्यक्ष दान व। वानिया, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव यदुनाथ वञ्जरा, समाजसेवी गोविन्द व. वस्नेत, समितिका सदस्य केशव वस्नेत, समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य शिशिर पौडेल लगायतले नेपाली जनका चाडपर्वले सामाजिक एकता र सद्भाव कायम गर्ने वताएका थिए ।

कमेन्टहरु
Loading...