एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुल पोखरामा सोमबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । शैक्षिक वर्ष सन् २०२१/२०२२ का लागि विद्यालयले नयाँ परषिद् मतदानबाट सम्पन्न गरेको विद्यालयका प्राचार्य फुर्वु थिन्लेले बताउनुभयो । परिषद्लाई सफल कार्यकालको शुभकामना दिँदै थिन्लेले अनुशासित र मर्यादित भएर नमूना बन्न आग्रह गरे । विद्यालयको शैक्षिक,सहक्रियाकलाप, खेलकुद एवम् चौतर्फी विकासमा परिषद्कोे महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

परिषदमा विद्यार्थी नायकमा तेजबहादुर तामाङ चयन भएका छन् । परिषद्मा तेन्जिन छोन्देन, छिरिङ टासी, टासी पाल्जोर, कर्म गुरुङ चयन भएका छन् । छात्रतर्फ छिरिङ, ल्हामो, ढिकी डोल्मा, तेन्जिन डोल्मा, थिन्ले डोल्मा, नङसेल लामा छनोट भएका छन् । सिनियरतर्फ नवराज कार्की र डोल्मा गुरुङलाई चयन गरिएको छ । सो अवसरमा कक्षा मनिटर छात्र, छात्रा र निर्वाचित सम्पूर्ण पदाधिकारीलाई खादा र व्याचले सम्मान गर्दै आआफ्नो कर्तव्य पुरा गर्न अनुशासित भएर लागिपर्न आग्रह गरिएको थियो ।

कार्यक्रम विद्यालयकी सिनियर शिक्षिका छिरिङ युडोनले सञ्चालन गरेकी थिइन् । सो अवसरमा निर्वाचित परिषद्लाई सपथग्रहण गराउँदै प्राचार्यले सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा प्रतिवद्धता व्यक्त गर्दै क्याप्टेन तेज बहादुर तामाङ र छात्रा क्याप्टेन छिरिङ ल्हामोले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक उर्गेन दावा, शैक्षिक विभागीय प्रमुख गोविन केसीले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...