प्रकाश र मिनाले जिते ‘दोहोरी च्याम्पियन’

दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन् ।

पोखरामा भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले विजयी बन्दै ले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भए । उनीहरुको समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विेजताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

नेपाल टेलिभिजनले कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको थियो ।

कमेन्टहरु
Loading...