घान्द्रुक जीप दुर्घटनाः ८ जनाको मृत्यु (नामावली सहित)

गन्थन संवाददाता । कास्कीको नयाँपुलदेखि घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नं. को बोलेरो जिप अन्नपूर्ण १ कलडाँडाबाट करिब २ सय मिटर तल खस्दा ८ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

९ जना सवार जीपमा ८ जनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलमा ज्यान जानेमा जिप चालक अन्नपुर्ण गाउँपालिका ५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिपमा सवार काठमाडौं ३ गंगबु घर भई पोखरा घुम्न आएका वर्ष १८ का जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशिष आले, गोरखा घर भई हाल काठमाडौं ३ गंगबु बस्ने वर्ष २७ का विनय क्षेत्री रहेका छन् । त्यस्तै काठमाडौं ३ गंगबुकी २० वर्षीया देबिका घिसिङलाई भिरमा अड्कीएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

 

 

कमेन्टहरु
Loading...