अनेरास्ववियुको पुनर्गठित कमिटी सार्वजनिक, निर्बाचन आयोग अध्यक्षमा कास्किका प्रकाश भुजेल

पोखरा । नेकपा एमाले निकट अनेरास्ववियुद्वारा पुनर्गठित नयाँ कमिटीको नाम सार्बजनिक गरेको छ । अनेरास्ववियुले ३३ जना रहेको पदाधिकारी सहित ३ आयोग, १०२ स्थाई कमिटी सदस्य, २५७ सचिबालय रहने गरि ५३४ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ ।

अनेरास्ववियुले यस अघिनै पदाधिकारी सार्बजनिक गरिसकेको थियो भने आज पुर्ण कार्यसमिति सार्वजनिक गरेको हो । यस कार्यबिभाजनमा अन्यन्तै महत्वका साथ हेरिएको आयोगहरु मध्य अत्यन्तै महत्वपूर्ण मानिएको निर्बाचन आयोग को अध्यक्षमा कास्किका प्रकाश भुजेलले जिम्मेवारी प्राप्त गरेको छन् ।

उनी अनेरास्ववियु शंकरदेव क्याम्पस का पुर्ब अध्यक्ष तथा स्वबियु सदस्य हुन भने २०७२ सालको निर्बाचनमा निर्बाचन आयोग सदस्यमा निर्वाचित भएका थिए । उनी विद्यार्थी आन्दोलनमा कुशल नेतृत्व , जुजारु हुनुका साथै अखिल बृत्तमा बौद्धिक नेतृत्वको रुपमा स्थापित छन् ।

कमेन्टहरु
Loading...