भारतिय कम्युनिष्ट युवा नेता कन्हैया कांग्रेस प्रवेश

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

कन्हैया जहवारलाल नेहरु विश्वविद्यालय छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि भारतमा चर्चित भएका थिए ।

गत आम निर्वाचनमा बिहारको बेगसुराय निर्वाचन क्षेत्रबाट भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा चुनाव लडेका थिए । तर भाजपाका उम्मेदवारसँग पराजित भएका थिए ।

कांग्रेस प्रवेश गरेपछि उनले कांग्रेस बचेमात्र देश बच्ने प्रतिक्रिया दिएका छन् ।

 

कमेन्टहरु
Loading...