आज कास्कीका १०३ सहित गण्डकीमा थप १३७ जनामा संक्रमण

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा १ सय ३७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा १ सहित गण्डकीमा ४ जनाले ज्यान गुमाएका छन् ।

कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या ८ सय ५६ रहेको छ ।

त्यसैगरि अहिलेसम्म कास्कीमा ३४ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भैसकेको छभने ५ सय ७४ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...