पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले पत्रकार रञ्जन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी भएको हातपात तथा पत्रकार ढाकामोहन(गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेलाई आइतबार भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष कमल सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पोखराका क्रियासिल पत्रकार रञ्जन अधिकारी माथी समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमण र यस अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार ढाकामोहन (गणेश) बराल र क्रियासिल पत्रकार प्रल्हादचन्द्र घिमिरे माथी भएको दूरव्यवहारका साथै अन्य पत्रकारलाई समेत दिइएको धम्कीको घटना प्रति अनलाइन पत्रकार संघ गण्डकीको गम्भिर ध्यानाकर्षण भएको छ ।’
‘जागिर लगाइदिने भन्दै लाखौं ठगेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनमा पुगेका पत्रकारहरुलाई आक्रोश पोखेर हातपात तथा दुरव्यवहार गरेको घटनाको अनलाइन पत्रकार संघ गण्डकी घोर भत्सर्ना गर्दछ । यसरी पत्रकार माथी आक्रमण, दुरव्यवहार गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु प्रेस स्वतन्त्रा विरोधी काम भएको हाम्रो ठहर छ । साथै यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दर्छौ ।’ –विज्ञप्तीमा भनिएको छ ।
