क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन प्रमाणपत्र प्रदान

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बिच मनोनयनको प्रमाणपत्र वितरण गरिएको हो ।

दशैंको छेको पारेर अवार्ड आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

अवार्डमा चलचित्र, गीतसंगीत, म्युजिक भिडियोका विभिन्न विधा समावेश छन् ।

दोश्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफुहरुले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्स्का अध्यक्ष उमेश गुरुङले कार्यक्रममा बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्देशक नरेश पौड्याल लगायत मनोनयनमा परेका कलाकर्मीहरुको उपस्थिति थियो ।

कमेन्टहरु
Loading...