चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज

मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज भएको छ।

सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्।

सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन , रामु चौधरीको सम्पादन ,क्रेज़ल चौधरीको भीएफएक्स ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।

कमेन्टहरु
Loading...