जलस्रोत तथा उर्जा मन्त्री आचार्यद्धारा पहिरो प्रभावित क्षेत्र निरीक्षण

पोखरा । गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पोखरा-२० भलाममा गएको पहिरो प्रभावित क्षेत्र निरीक्षण गरेका छन् ।

विहिबार मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, सिचाईँ डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यको टोली सहित पुगेका मन्त्री आचार्यले पुगेर क्षतिको निरीक्षण गरि आवश्यक काम अगाडी बढाइने बताए ।

मन्त्री आचार्यले खोला नियन्त्रणका लागी आवश्यक तटवन्धन निर्माण गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले पहिरोको कारण विस्थापित भएका घर(परिवारहरुको बास्थानका लागि स्थानीय र प्रदेश सरकारले संयुक्त तयारी गरिरहेको जानकारी दिए ।

पहिरोका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री आचार्यले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

कमेन्टहरु
Loading...