काँग्रेसको वडा अधिवेशन भोली

पोखरा । नेपाली काँग्रेस कास्की जिल्लाका सबै वडाहरुमा वडा अधिवेशन भोली हुने भएको छ । सरकारले भेला कार्यक्रम गर्न रोक लगाएको भए पनि वडा अधिवेशनहरु भने नरोकिने कास्की काँग्रेसले बताएको छ ।

कास्कीको सबैजसो वडामा वडा सभापतिको लागि निर्वाचन हुने काँग्रेस कास्कीको एक नेताले बताए । उनका अनुसार भोली हुने अधिवेशनबाट क्षेत्रीय प्रतिनीधीहरुपनि चयन हुन्छन् ।

पछिल्लो समय काँग्रेसको राजनीतिमा ब्यबसायीहरुको आगमन बढ्न थालेको छ । केहि समय अघि पोखराका पर्यटन ब्यबसायी गणेश बहादुर थापा काँग्रेस प्रबेश गरेका थिए ।

कमेन्टहरु
Loading...