पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार साँझदेखी परेको अविरल वर्षापछि पोखरा २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै उनका दुई छोरा मध्य एक वेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।

पहिरोमा परि ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ वेपत्ता भएका छन् भने ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन् ।

यस्तै पोखरा ११ मा घरमाथीबाट पहिरो आई पुरिदाँ ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । घटनामा उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली दुबै खुट्टा र ढाडमाचोट लागेको छ ।

फाइल तस्बिर

कमेन्टहरु
Loading...